शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कोरोनाका कारण विश्वमा ३ लाख ९३ हजार भन्दा बढीको मृत्यु, ६६ लाख भन्दा बढी संक्रमित

कोरोनाका कारण विश्वमा ३ लाख ९३ हजार भन्दा बढीको मृत्यु, ६६ लाख भन्दा बढी संक्रमित

नागरिक पाटी

२३, जेठ २०७७
  • 6.7K
    SHARES
  • कोरोनाका कारण विश्वमा ३ लाख ९३ हजार भन्दा बढीको मृत्यु, ६६ लाख भन्दा बढी संक्रमित

    काठमाण्डौं । कोरोना भाइरसबाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ९३ हजार १४२ पुगेको छ भने, संक्रमितको संख्या ६६ लाख ९८ हजार ३७० पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको छ ।

    images
    images

    आज बिहानसम्म प्राप्त समाचार अनुसार कोरोना भाइरसको कारण बिरामी भएका ३२ लाख ४४ हजार ५७४ जना निको भएका छन् । हाल विश्वभरीमा कोरोना भाइरस संक्रमित ३० लाख ६० हजार ६५४ व्यक्ति उपचाररत रहेका छन् ।

    संक्रमितहरुमा ५४ हजार २०० जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र १९ लाख १ हजार ७८३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यस प्रकोपको कारण अमेरिकामा १ लाख १० हजार बढी व्यक्तिको मृत्यु भएको छ ।

    दक्षिण अमेरिकामा ९ लाख ८६ हजार ९५३ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ४४ हजार ३१९ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २१ लाख ५१ हजार ९३८ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख २९ हजार ९६३ जनाको मृत्यु भएको छ ।

    युरोपमा २० लाख २८ हजार २४१ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने, १ लाख ७६ हजार ४४६ को मृत्यु भएको छ । एसियामा १२ लाख ३१ हजार ८५२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ३२ हजार ५४७ जनाको मृत्यु भएको छ ।

    अफ्रिकामा १ लाख ६४ हजार ९८५ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ४ हजार ६२७ जनाको मृत्यु भएको छ । ओसियाना ८ हजार ८५० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, १२४ जनाको मृत्यु भएको छ ।रासस

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ २३, २०७७ शुक्रवार - १२:०७:५७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology