शुक्रवार, मंसिर ४ गते २०८३

Friday, Nov 20 2026 शुक्रवार, मंसिर ४ गते २०८३

भारतमा कोरोना संक्रमितको संख्या दुई लाख ७६ हजार माथी

भारतमा कोरोना संक्रमितको संख्या दुई लाख ७६ हजार माथी

नागरिक पाटी

२८, जेठ २०७७
  • 9.5K
    SHARES
  • भारतमा कोरोना संक्रमितको संख्या दुई लाख ७६ हजार माथी

    काठमाडौं । भारतमा हिजो एकै दिन नौ हजार नौ सय ८७ जना नयाँ सक्रमित थपिएका छन्। यस्तै, पछिल्लो २४ घण्टामा दुई सय ७१ जनाको मृत्यु भएको छ।

    images

    यससँगै भारतमा कोरोना संक्रमितको संख्या दुई लाख ७६ हजार नाघेको छ। यस्तै, हालसम्म सात हजार सात सय ४५ जनाको मृत्यु भएको छ।

    केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा महाराष्‍ट्रमा सबैभन्दा बढी दुई हजार दुई सय ५९ जनामा कोभिड(१९ पोजिटिभ देखिएको छ।

    दक्षिणी राज्य तमिलनाडुमा पनि उल्लेख्य संख्यामा संक्रमित थपिएका छन्। महाराष्‍ट्र र तमिलनाडुले देशभरका संक्रमितमध्ये करिब २० प्रतिशत हिस्सा ओगटेका छन्। राजस्थान र आन्ध्रप्रदेशमा पनि संक्रमित संख्या उकालो लागेको छ।

    एक लाख ३३ हजार ६ सय ३२ जनामा अझै कोरोना भाइरस सक्रिय छ। यस्तै, एक लाख ३५ हजार जना पूर्ण रूपमा निको भएर घर फिरेका छन्, जुन कुल संक्रमितको करिब ४८ प्रतिशत हो।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ २८, २०७७ बुधवार - ११:०८:२४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology