शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालमा संसारकै लामो लकडाउन, आजदेखि केहि खुकुलो

नेपालमा संसारकै लामो लकडाउन, आजदेखि केहि खुकुलो

आशिष ठकुरी

२९, जेठ २०७७
  • 12.0K
    SHARES
  • नेपालमा संसारकै लामो लकडाउन, आजदेखि केहि खुकुलो

    काठमाडौं । संसारमा सबैभन्दा लामो लकडाउन गर्ने देशमा नेपाल पनि परेको छ। सरकारले आजदेखि लकडाउन खुकुलो गर्न थालेको छ। कोरोना भाइरसको संक्रमण रोकथामका लागि विभिन्न देशले लकडाउन गरेका थिए। त्यसमध्ये सबैभन्दा लामो लकडाउन गर्नेमा नेपाल पनि परेको हो।

    images
    images

    गत चैत ११ गतेदेखि गरिएको लकडाउनको आज ८०औं दिन हो। नेपाल जतिक्कै लकडाउन फिलिपिन्सको मनिलामा गरिएको थियो। त्यहाँ पनि ८०औं दिनमा लकडाउन खोलिएको थियो। नेपालले भने ८०औं दिनमा लकडाउन खोल्न सुरु गरेको छ।

    कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानमा पनि यति लामो लकडाउन गरिएको थिएन्। वुहानमा ७६ दिनमा लकडाउन खोलिएको थियो।

    नेपालपछि कम लकडाउन गर्नेमा भारत छ। भारतमा आज लकडाउन ७९ औं दिनमा प्रवेश गरेको छ। भारतले एक साता अघिदेखि लकडाउन खोल्न सुरु गरेको छ। नेपालमा पनि आजदेखि लकडाउन खोल्न सुरु भएका छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन खुकुलो बनाउदै लग्ने निर्णय गरेको थियो।

    यो पनि पढ्नुहोस्

    लकडाउन खुकुलो : आजबाट के खुल्छ, के खुल्दैन् ?

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ २९, २०७७ बिहिवार - १०:४१:२३ बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology