शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

भारतमा कोरोनाका कारण २ लाख ९७ हजार भन्दा बढी संक्रमित, मृत्यु हुनेको संख्या ८ हजार ४९८

भारतमा कोरोनाका कारण २ लाख ९७ हजार भन्दा बढी संक्रमित, मृत्यु हुनेको संख्या ८ हजार ४९८

नागरिक पाटी

३०, जेठ २०७७
  • 8.0K
    SHARES
  • भारतमा कोरोनाका कारण २ लाख ९७ हजार भन्दा बढी संक्रमित, मृत्यु हुनेको संख्या ८ हजार ४९८

    काठमाण्डौ । भारतमा कोरोना भाइरसका कारण एकैदिनमा करिब ११ हजार जना सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा १० हजार ९५६ जना सङ्क्रमित भएको पुष्टि भएको हो ।

    images
    images

    योसँगै भारतमा कुल सङ्क्रमितको संख्या २ लाख ९७ हजार ५ सय ३५ पुगेको पनि स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा ३९६ जनाको मृत्यु भएको जनाएको छ । योसँगै भारतमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या ८ हजार ४९८ पुगेको छ ।

    भारतमा अहिले पनि १ लाख ४१ हजार ८ सय ४२ जना सङ्क्रमित अवस्थामै रहेका छन् भने सङ्क्रमण मुक्त भएकाहरुको संख्या १ लाख ४७ हजार १ सय ९५ रहेको मन्त्रालयले जनाएको छ ।

    कोराना भाइरसको सङ्क्रमण भारतमा सबैभन्दा धेरै महाराष्ट्र प्रदेशमा देखिँदै आएको छ । महाराष्ट्रमा मात्रै शुक्रबारसम्म ९७ हजार ६ सय ४८ जना सङ्क्रमित भएका छन् । दोस्रो स्थानमा तमिलनाडु प्रदेश रहेको छ । यहाँ ३८ हजार ७ सय १६ जना सङ्क्रमित रहेका छन् । यसैगरी दिल्ली राज्यमा ३४ हजार ६ सय ८७ जना सङ्क्रमित रहेका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ३०, २०७७ शुक्रवार - १४:०४:५४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology