शुक्रवार, मंसिर ४ गते २०८३

Friday, Nov 20 2026 शुक्रवार, मंसिर ४ गते २०८३

भारतमा तीन लाख २१ हजार ६ कोरोना संक्रमित,मृतकको संख्या ९ हजार माथी

भारतमा तीन लाख २१ हजार ६ कोरोना संक्रमित,मृतकको संख्या ९ हजार माथी

नागरिक पाटी

३२, जेठ २०७७
  • 7.2K
    SHARES
  • भारतमा तीन लाख २१ हजार ६ कोरोना संक्रमित,मृतकको संख्या ९ हजार माथी

    काठमाण्डौं । भारतमा हिजो शनिबार एकै दिन १२ हजार भन्दा धेरै संक्रमित थपिएका छन् । संक्रमणको कारण हिजो त्यहाँ तीन सय नौ जनाको मृत्यु भएको ।

    images

    वर्ल्डओमिटरका अनुसार भारतमा शनिबार १२ हजार २३ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै भारतमा संक्रमितको संख्या तीन लाख २१ हजार ६ सय २६ पुगेको छ । त्यहाँ कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या नौ हजार एक सय ९९ पुगेको छ ।


    त्यसैगरी गएको २४ घण्टामा विश्वभर कोरोना संक्रमणको कारण चार हजार ३७ जनाले ज्यान गुमाएका छन् । योसँगै विश्वमा संक्रमणको कारण ज्यान गुमाउनेको संख्या चार लाख ३१ हजार सात सय २६ पुगेको छ ।

    अहिलेसम्म विश्वभर संक्रमितको संख्या ७८ लाख ५५ हजार २१ पुगेको छ भने गएको २४ घण्टामा मात्रै विश्वभर गरेर एक लाख २७ हजार नौ सय २८ जना नयाँ संक्रमित थपिएका छन् । गएको २४ घण्टामा सबैभन्दा धेरै ब्राजिलमा आठ सय ९० जनाले ज्यान गुमाएका छन् भने त्यसपछि ज्यान गुमाउनेको संख्या अमेरिकामा धेरै छ ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ३२, २०७७ आइतवार - ०८:०६:०७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology