शुक्रवार, मंसिर ४ गते २०८३

Friday, Nov 20 2026 शुक्रवार, मंसिर ४ गते २०८३

विश्वभर कोरोनाका कारण ८४ लाख ५३ हजार संक्रमित, ४ लाख ५२ हजारको मृत्यु

विश्वभर कोरोनाका कारण ८४ लाख ५३ हजार संक्रमित, ४ लाख ५२ हजारको मृत्यु

नागरिक पाटी

५, आषाढ २०७७
  • 7.6K
    SHARES
  • विश्वभर कोरोनाका कारण ८४ लाख ५३ हजार संक्रमित, ४ लाख ५२ हजारको मृत्यु

    काठमाडौं । विश्वभर ८४ लाख ५३ हजार ८० जनामा संक्रमण पुष्टि भएको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको शुक्रबार बिहानसम्मको तथ्यांक अनुसार अमेरिकामा सर्वाधिक २१ लाख ८७ हजार ८ सय ७६ जनामा संक्रमण पुष्टि भएको छ।

    images


    त्यस्तै, ब्राजिलमा ९ लाख ७८ हजार १ सय ४२, रुसमा ५ लाख ६० हजार ३ सय २१, भारतमा ३ लाख ६६ हजार ९ सय ४६, बेलायतमा ३ लाख १ हजार ९ सय ३५ जनामा संक्रमण पुष्टि भएको छ। विश्वभर ४ लाख ५२ हजार ५ सय २० जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ।

    मृत्यु हुनेको संख्या पनि अमेरिकामा सर्वाधिक १ लाख १८ हजार ३ सय ८१ जनाको मृत्यु भएको छ। त्यस्तै, ब्राजिलमा ४७ हजार ७ सय ४८, बेलायतमा ४२ हजार ३ सय ७३, इटालीमा ३४ हजार ५ सय १४, फ्रान्समा २९ हजार ६ सय ६ जनाको मृत्यु भएको छ। विश्वभर ४१ लाख ३४ हजार २ सय १० जना संक्रमणमुक्त भएका छन्।

    संक्रमणमुक्त हुनेको संख्या अमेरिकामा ५ लाख ९९ हजार १ सय १५, ब्राजिलमा ४ लाख ३० हजार १ सय ३७, रुसमा ३ लाख १३ हजार ४ सय ९, भारतमा १ लाख ९४ हजार ३ सय २५ जनामा संक्रमणमुक्त भएका छन्।

    नेपालमा ७ हजार ८ सय ७२ जनामा संक्रमण पुष्टि भएको छ। शुक्रबार बिहान मात्रै गण्डकी प्रदेशमा थप २४ जनामा संक्रमण पुष्टि भएको थियो। नेपालका ७४ जिल्लामा संक्रमण देखिइसकेको छ। भने २२ जनाको मृत्यु भएको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ ५, २०७७ शुक्रवार - ०८:११:४२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology