शुक्रवार, मंसिर ४ गते २०८३

Friday, Nov 20 2026 शुक्रवार, मंसिर ४ गते २०८३

कोरोना संक्रमित झण्डै ५० लाख निको भए

कोरोना संक्रमित झण्डै ५० लाख निको भए

नागरिक पाटी

९, आषाढ २०७७
  • 8.3K
    SHARES
  • कोरोना संक्रमित झण्डै ५० लाख निको भए

    काठमाण्डौं । विश्वमा निको हुने कोरोना भाइरस संक्रमितको संख्या ४९ लाख २१ हजार ३६८ पुगेको छ । अब ३७ लाख ९० हजार ३२६ जना उपचाररत छन् ।

    images

    उपचार गरिरहेकामध्ये दुई प्रतिशत अर्थात् ५७ हजार ८८७ जना गम्भीर छन् । दैनिक नयाँ संक्रमितको संख्या बढे पनि मृत्युदर भने घटेको छ । हालसम्म विश्वभर करीब ९१ लाख ८६ हजार जना कोरोनाभाइरसबाट संक्रमित भइसकेका छन् । तीमध्ये चार लाख ७४ हजार २५७ जनाको मृत्यु भएको छ ।

    सबैभन्दा बढी संक्रमित र मृत्यु हुने अमेरिकामा छन् । त्यहाँ अहिलेसम्म करीब करीब २४ लाख संक्रमित भइसकेका छन् भने एक लाख २२ हजारभन्दा बढीको मृत्यु भएको छ ।

    त्यसपछि ब्राजिलमा ११ लाख ११ हजारभन्दा बढी संक्रमित फेला परेका छन् । त्यहाँ ५१ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

    रुसमा करीब ६ लाख र भारतमा करीब चार लाख ४५ हजार संक्रमित फेला परेका छन् । रुसमा आठ हजार २०० र भारतमा १४ हजारभन्दा बढीको ज्यान गएको छ । मृत्यु हुनेको तेस्रो नम्बरमा भने बेलायत छ । त्यहाँ ४२ हजारभन्दा बढीको मृत्यु भएको छ । अहिलेसम्म १९ देशमा एक लाखभन्दा बढी संक्रमित भेटिएका छन् । पछिल्लो पटक दक्षिण अफ्रिका र क्यानडामा संक्रमितको संख्या एक लाख नाघेको छ । दक्षिण एसियामा भारत, पाकिस्तान र बंगलादेशमा एक लाखभन्दा बढी संक्रमित भेटिएका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ ९, २०७७ मंगलवार - ०७:२९:१६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology