शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

अमेरिकामा एकैदिन ३४ हजारभन्दा बढी नयाँ कोरोना संक्रमित भेट्टिए

अमेरिकामा एकैदिन ३४ हजारभन्दा बढी नयाँ कोरोना संक्रमित भेट्टिए

नागरिक पाटी

११, आषाढ २०७७
  • 7.0K
    SHARES
  • अमेरिकामा एकैदिन ३४ हजारभन्दा बढी नयाँ कोरोना संक्रमित भेट्टिए

    काठमाडौं । अमेरिकाको तीन राज्यमा एकैदिन ३४ हजारभन्दा बढी नयाँ कोरोना संक्रमित भेट्टिएको छ । ती नयाँ संक्रमितहरु मंगलबारमात्रै भेट्टिएको त्यहाँको सञ्चार माध्यमहरुले जनाएको छ । तथ्यांकअनुसार एकैदिन ३४ हजार ७२० नयाँ संक्रमित भेट्टिएको हो ।

    images
    images

    अमेरिकामा संक्रमित भेट्टिएको मध्ये यो अहिलेसम्मकै धेरै भएको बताईएको छ । क्यालिफोर्निया, टेक्सास र फ्लोरिडामा अहिलेसम्मकै सबैभन्दा धेरै नयाँ संक्रमित फेला परेका हुन् । अमेरिकाको सेन्सस ब्यूरोको आकलनअनुसार यी तीन राज्यमा अमेरिकाको समग्र जनसंख्याको एक चौथाइभन्दा धेरै मानिस बसोबास गर्छन् ।

    टेक्सासमा मंगलबार एकैदिन पाँच हजार ५५१ नयाँ संक्रमित फेला परेका हुन् । त्यस्तै क्यालिफोर्नियामा सात हजार १४९ जना नयाँ संक्रमित फेला पर्दा फ्लोरिडामा पनि पाँच हजार ५११ नयाँ संक्रमित फेला परेका छन् । अघिल्लो साताको तुलनामा अमेरिकाका कम्तीमा २६ राज्यमा कोरोना भाइरसका नयाँ संक्रमितको संख्या बढिरहेको देखिएको छ ।

    अहिलेसम्म अमेरिकामा कोरोना भाइरसका २३ लाख ८० हजारभन्दा धेरै संक्रमित फेला परिसकेका छन् भने एक लाख २१ हजार ९६९ जनाको मृत्यु पनि भइसकेको छ ।जुलाई १८ सम्म अमेरिकामा कोरनो भाइरसको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या एक लाख ३० हजार देखि एक लाख ५० हजारसम्म पुग्ने चेतावनी दिएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ ११, २०७७ बिहिवार - १२:०५:०७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology