काठमाडौं । भारतमा अहिलेसम्मकै बढी कोरोना भाइरसका संक्रमित थपिएका छन् । हिजो शनिबार पछिल्लो २४ घण्टामा २० हजार १३२ जना कोरोना संक्रमित थपिएका छन् । यो अहिलेसम्मकै बढी हो ।
विश्वकै चौथो स्थानमा रहेको भारतमा अहिलेसम्म ५ लाख २९ हजार ५७७ संक्रमित पुगेका छन् । निको हुनेहरु शनिबार १४ हजार २२९ जना रहेका छन् । अहिलेसम्म ३ लाख १० हजार १४६ जनालाई निको भएको छ । सक्रिय संक्रमित भन्दा निको हुनेको संख्या निकै नै बढी रहेको छ । शनिबार ४१४ जनाको ज्यान गएको छ । ज्यान जानेको संख्या १६ हजार १०३ पुगेको छ ।