शुक्रवार, मंसिर ४ गते २०८३

Friday, Nov 20 2026 शुक्रवार, मंसिर ४ गते २०८३

विश्वभर कोरोनाका कारण १ करोड १३ लाख संक्रमित, ५ लाख ३३ हजारको मृत्यु

विश्वभर कोरोनाका कारण १ करोड १३ लाख संक्रमित, ५ लाख ३३ हजारको मृत्यु

नागरिक पाटी

२२, आषाढ २०७७
  • 6.2K
    SHARES
  • विश्वभर कोरोनाका कारण १ करोड १३ लाख संक्रमित, ५ लाख ३३ हजारको मृत्यु

    काठमाण्डौं । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड १३ लाख नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार विश्वमा संक्रमितको संख्या १ करोड १३ लाख ९८ हजार ५ सय १ पुगेको हो। संक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख ३३ हजार ३ सय ४३ पुगेको छ।

    images

    सबैभन्दा बढी प्रभावित अमेरिकामा २८ लाख ७६ हजार १ सय ४३ संक्रमित पुगेका छन् भने १ लाख २९ हजार ८ सय ९१ जनाको मृत्यु भइसकेको छ। यस्तै, ब्राजिलमा १६ लाख ३ हजार ५५ संक्रमित र ६४ हजार ८ सय ६७ मृत्यु, रुसमा ६ लाख ८० हजार २ सय ८३ संक्रमित र १० हजार १ सय ४५ को मृत्यु तथा भारतमा ६ लाख ७३ हजार १ सय ६५ र १९ हजार २ सय ६८ जनाको मृत्यु भएको छ। विश्वभर कोरोनाबाट निको हुनेको संख्या ६१ लाख ५६ हजार ३ सय ६० पुगेको छ। एजेन्सीको सहयोगमा

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ २२, २०७७ सोमवार - ०७:०७:४६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology