शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

युरोपमा कोरोना भाइरस महामारी थप फैलिएको भन्दै डब्लुएचओद्वारा चिन्ता व्यक्त

युरोपमा कोरोना भाइरस महामारी थप फैलिएको भन्दै डब्लुएचओद्वारा चिन्ता व्यक्त

नागरिक पाटी

१०, श्रावण २०७७
  • 6.5K
    SHARES
  • युरोपमा कोरोना भाइरस महामारी थप फैलिएको भन्दै डब्लुएचओद्वारा चिन्ता व्यक्त

    काठमाडौं । युरोपेली मुलुकहरुमा कोरोना भाइरस संक्रमण थप फैलिएको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चिन्ता व्यक्त गरेको छ । डब्लुएचओको युरोप शाखाले चासो देखाउदै संक्रमण बढेका मुलुकहरुमा निधेषात्मक व्यवस्था अबलम्बन गर्नुपर्नेमा पनि जोड दिएको छ ।

    images
    images

    युरोपमा ३० लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको अधिकारीहरुले जानकारी दिएका छन् । त्यसैगरी मृतकको संख्या पनि थप वृद्धि भइरहेको उनीहरुको भनाइ छ । युरोपेली राष्ट्रहरू फ्रान्स, जर्मनी, बेलायत, स्पेन र इटली केहीसमय पहिलेसम्म अत्याधिक प्रभावित रहेका भए पनि पछिल्लो समयमा ती मुलुकहरुमा संक्रमण केही घट्दो क्रममा नै रहेको देखिन्छ ।

    यद्यपि, महामारी नियन्त्रणमा भने आइसकेको छैन । तर अन्य केही मुलकमा भने संक्रमण थप फैलिएको छ । पूर्व सोभियत संघबाट छुट्टिएर स्वतन्त्र बनेको किर्गिजस्थान कोरोनाको महामारीबाट सबैभन्दा बढी ग्रसित भएको छ । त्यसैगरी, मोन्टेनेग्रो, लक्जेम्वर्ग, बोस्निया हर्ज गोभिना, सर्बिया, रोमानिया र बुल्गेरिया पनि पछिल्ला दिनहरुमा धेरै प्रभावित देशमा पर्दछन् ।

    डब्लुएचओकी एक जना प्रवक्ताले भने, “पछिल्लो समय कतिपय देशहरुमा संक्रमितको संख्या झन् झन बढेको छ, भौतिक दूरी कायम गर्नेलगायतका आधारभूत स्वास्थ्य सतर्कता अपनाउनुपर्ने आवश्यकता देखिएको छ ।” गत मे २० देखि युरोपभरि दैनिक औषत २० हजार जना संक्रमित थपिने गरेको पनि ती अधिकारीले जानकारी दिए । रासस–एएफपी

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १०, २०७७ शनिवार - १२:००:०९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology