शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

विश्वभरमा एक करोड चार लाख भन्दा धेरै मानिसले जिते कोरोना स‌ंक्रमण

विश्वभरमा एक करोड चार लाख भन्दा धेरै मानिसले जिते कोरोना स‌ंक्रमण

नागरिक पाटी

१४, श्रावण २०७७
  • 6.0K
    SHARES
  • विश्वभरमा एक करोड चार लाख भन्दा धेरै मानिसले जिते कोरोना स‌ंक्रमण

    काठमाण्डौं । विश्वमा कोरोना भाइरसको संक्रमण जितेर हालसम्म एक करोड ४ लाख ४५ हजार ७ सय ६४ जना निको भइसकेका छन्। कुल १ करोड ६८ लाख ८३ हजार ६ सय ४४ जना संक्रमण भएकोमा ६ लाख ६२ हजार मानिसको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा विश्वमा ५ हजार ५ सय ५९ जनाको ज्यान गएको छ।

    images
    images

    त्यस्तै २ लाख ४७ हजार ४ सय ३२ जना नयाँ संक्रमित फेला परेका छन्। पछिल्लो २४ घन्टामा अमेरिकामा सबैभन्दा धेरै संक्रमित थपिएका छन्। त्यहाँ साँढे ६१ हजार मानिसमा सक्रमण पुष्टि भएको छ। कोरोनाका कारण अमेरिकामा हालसम्म १ लाख ५२ हजार ब्यक्तिको मृत्यु भएको छ। त्यहाँ हिजो मात्रै ११ सय भन्दा धेरै मानिसले ज्यान गुमाएका छन्।


    अमेरिकापछि सवैभन्दा धेरै संक्रमित भारतमा थपिएका छन् । भारतमा ४९ हजार ६ सय ३२ जनामा संक्रमण पुष्टि भएको छ। त्यहाँ हालसम्म ३४ हजार भन्दा धेरैले ज्यान गुमाएका छन् भने हिजो मात्रै ७७६ जनाको मृत्यु भएको छ। हिजो ब्राजिलमा ४१ हजार, साउथ अफ्रिकामा ७ हजार र रुसमा ५ हजार भन्दा धेरै संक्रमित थपिएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १४, २०७७ बुधवार - ०७:०१:५३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology