काठमाडौं । आइतबार विश्वमा २ लाख ७३ हजार ५५२ कोरोना संक्रमित थपिएका छन् । यो अघिल्लो दिनको तुलनामा केही कम हो । विश्व स्वास्थ्य संगठनका अनुसार शनिबार २ लाख ८० हजार ११० कोरोना संक्रमित थपिएका थिए ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ७ लाख २२ हजार २८५ को ज्यान गइसकेको छ । संक्रमितको संख्या १ करोड ९४ लाख ६२ हजार ११२ पुगेको छ ।