शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ११ लाख भन्दा माथि, ७ लाख ५९ हजार बढीको मृत्यु

विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ११ लाख भन्दा माथि, ७ लाख ५९ हजार बढीको मृत्यु

नागरिक पाटी

३१, श्रावण २०७७
  • 7.9K
    SHARES
  • विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ११ लाख भन्दा माथि, ७ लाख ५९ हजार बढीको मृत्यु

    काठमाडौं। विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ११ लाख ७९ हजार ३३५ पुगेको छ। ती मध्ये १ करोड ३९ लाख ८९ हजार ८९ जना उपचारपछि निको भएका छन् भने ७ लाख ५९ हजार ४५४ जनाको मृत्यु भइसकेको छ।

    images
    images

    मेक्सिकोमा पछिल्लो २४ घण्टामा ६२७ जनाको मृत्यु भएको छ। योसँगै मेक्सिकोमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५५ हजार २ सय ९३ पुगेको छ। अमेरिका र ब्राजीलपछि मेक्सिको तेस्रो मुलुक हो, जहाँ सबैभन्दा धेरै संक्रमितको मृत्यु भएको छ। मेक्सिकोमा पाँच लाख पाँच हजार भन्दा धेरै मानिस संक्रमित भएका छन्।

    सबैभन्दा धेरै अमेरिकामा ५४ लाख ३३ हजार १२९ जना संक्रमित भएका छन् भने अमेरिकामा १ लाख ७० हजार ८ सय १७ जनाको मृत्यु भएको छ भने २८ लाख ४५ हजार ७१७ जना उपचारपछि निको भएका छन्।

    यसैगरी ब्राजीलमा ३२ लाख २९ हजार ६२१ जना कोरोना संक्रमित भएका छन् भने १ लाख पाँच हजार ५६४ जनाको मृत्यु भएको छ। यसैगरी २३ लाख ५६ हजार ६४० जना उपचारपछि निको भएका छन्।

    बढी संक्रमित हुने मुलुकको तेस्रो स्थानमा रहेको भारतमा २५ लाख ६ हजार २४७ जना संक्रमित भएका छन् भने ४८ हजार ८ सय ८८ जनाको मृत्यु भइसकेको छ। भारतमा १७ लाख ७० हजार ६८२ जना उपचारपछि निको भएका छन्।

    यसैगरी रुसमा ९ लाख १२ हजार ८२३ जना संक्रमित भएका छन्। त्यँहा १५ हजार ४९८ जनाको मृत्यु भएको छ भने ७ लाख २२ हजार ९६४ जना उपचारपछि निको भएका छन्।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण ३१, २०७७ शनिवार - ०७:४६:५९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology