शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

रुसमा कोरोना भ्याक्सिनको पहिलो खेप तयार, हरेक महिना ५० लाख डोज बन्ने

रुसमा कोरोना भ्याक्सिनको पहिलो खेप तयार, हरेक महिना ५० लाख डोज बन्ने

नागरिक पाटी

३२, श्रावण २०७७
  • 8.4K
    SHARES
  • रुसमा कोरोना भ्याक्सिनको पहिलो खेप तयार, हरेक महिना ५० लाख डोज बन्ने

    एजेन्सी । रुसले कोरोनाभाइरस भ्याक्सिनको पहिलो ब्याच तयार पारेको छ । रुसी स्वास्थ्य मन्त्रालयले इन्टरफेस न्युज एजेन्सीलाई दिएको जानकारीअनुसार रुसमा अब भ्याक्सिन उत्पादन सुरु भएको हो ।

    images
    images


    अब रुसमा यो भ्याक्सिन प्रत्येक महिना कम्तिमा पनि ५० लाख डोज बन्ने बताइएको छ । रुसले यो भ्याक्सिन यही महिनाको अन्त्यसम्म बजारमा पठाउने तयारी गरेको पनि बताएको छ ।

    भ्याक्सिनको तेस्रो फेजको परीक्षणका लागि पनि अब सरकारले मन्जुरी दिएको छ । यो तेस्रो फेजमा यो भ्याक्सिन हजारौँ मानिसमा परीक्षण हुनेछ । रुसले कोरोनाभाइरस भ्याक्सिनको नाम स्पुतनिक ५ राखेको । स्पुतनिक अन्तरिक्षमा जाने विश्वकै पहिलो उपग्रह थियो जसलाई रुसले नै बनाएको थियो ।

    विश्वभर यो भ्याक्सिनको आलोचना भइरहँदा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चाहिँ यो भ्याक्सिन सुरक्षित भएको र आफ्नी छोरीले पनि यो भ्याक्सिन लगाएको बताएका छन् । उनले छोरीले भ्याक्सिन लगाएपछि राम्रो महसुस गरेको पनि दाबी गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसविरुद्ध रुसले बनाएको खोपले काम गर्ने विश्वास व्यक्त गरेका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण ३२, २०७७ आइतवार - ०८:४९:३१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology