शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

चिनियाँ कम्पनीले २०२० को अन्त्यसम्ममा कोरोना विरुद्धको खोप तयार गर्ने दाबी

चिनियाँ कम्पनीले २०२० को अन्त्यसम्ममा कोरोना विरुद्धको खोप तयार गर्ने दाबी

नागरिक पाटी

३, भाद्र २०७७
  • 7.8K
    SHARES
  • चिनियाँ कम्पनीले २०२० को अन्त्यसम्ममा कोरोना विरुद्धको खोप तयार गर्ने दाबी

    काठमाण्डौं । चिनियाँ कम्पनी सिनो फार्मले सन् २०२० को अन्त्यसम्ममा कोरोनाविरुद्धको खोप तयार गर्ने घोषणा गरेको छ । सिनो फार्मका अध्यक्ष लिउ जिंगझेनले खोपको तेस्रो चरणको परीक्षण संयुक्त अरब इमिरेट्स (युएई)मा चलिरहेकाले आगामी डिसेम्बरसम्ममा बजारमा आउने अपेक्षा गरिएको जनाएका छन्।

    images
    images


    अध्यक्ष लिउले आफैंले खोप लिएको जनाउँदै यसको कुनै साइड इफेक्ट्स नभएको जनाएको ग्लोबल टाइम्सले उल्लेख गरेको छ। उक्त कम्पनीको बेइजिङ र वुहानमा रहेको प्लान्टबाट क्रमशः १०.२ करोड र १० करोड डोज खोप उत्पादन गर्न सक्ने क्षमता रहेको जनाइएको छ।

    यसको २ डोजको मूल्य १००० युआन हुनेछ। तर यो मूल्य महंगो पर्ने भन्दै चिनियाँ सामाजिक सञ्जालहरुमा चिन्ता व्यक्त गरिएको छ। हाल विश्वभर कोरोनाको २ सय खोपको परीक्षण चलिरहेको छ, जसमध्ये २० वटा खोप मानव परीक्षणका लागि तयारको स्तरमा पुगेको दाबी गरिएका छन्। एजेन्सीको सहयोगमा

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ३, २०७७ बुधवार - ०७:२९:५४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology