शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

दुई वर्षभित्र कोरोना नियन्त्रण हुने विश्व स्वास्थ्य संगठनको अपेक्षा

दुई वर्षभित्र कोरोना नियन्त्रण हुने विश्व स्वास्थ्य संगठनको अपेक्षा

नागरिक पाटी

६, भाद्र २०७७
  • 8.9K
    SHARES
  • दुई वर्षभित्र कोरोना नियन्त्रण हुने विश्व स्वास्थ्य संगठनको अपेक्षा

    काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमण दुई वर्षभन्दा कम समयमै अन्त्य हुन सक्ने बताएको छ ।

    images
    images

    सन् १९१८ मा फैलिएको स्पेनिस फ्लुको तुलनामा कोरोना महामारी नियन्त्रण सफल रहेको डब्ल्यूएचओका प्रमुख डाक्टर टेड्रोस एडहानम गेब्रियससले बताएका छन् ।

    भूमण्डलीकरण र विश्वभरका मानव एकअर्काको सम्पर्कमा रहेका कारण कोरोना संक्रमण विश्वव्यापी रूपमा चाँडो फैलिएको उनले बताए । तर, हालको विकसीत विज्ञान र प्रविधिका कारण कोरोना महामारी नियन्त्रण सफल हुने धेरै सम्भावना रहेको टेड्रोसले बताए ।

    सन् १९१८ फ्रेबुअरीदेखि १९२० अप्रिलसम्म दुई वर्ष लामो समयमा फैलिएको स्पेनिस फ्लु नियन्त्रणमा निकै कठिनाइ भएको थियो । उक्त महामारीले विश्वभरका २ करोड मानिसको ज्यान लिएको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ६, २०७७ शनिवार - ०८:१९:३१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology