शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ४६ लाख भन्दा बढि, ८लाख ३४ हजारको मृत्यु

विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ४६ लाख भन्दा बढि, ८लाख ३४ हजारको मृत्यु

नागरिक पाटी

१२, भाद्र २०७७
  • 4.9K
    SHARES
  • विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ४६ लाख भन्दा बढि, ८लाख ३४ हजारको मृत्यु

    काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर अझै घट्न सकेको छैन । अहिलेसम्म संक्रमितको संख्या २ करोड ४६ लाख नाघेको छ भने ८ लाख ३४ हजारभन्दा बढीको मृत्यु भएको छ ।

    images
    images

    कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर २ करोड ४६ लाख ५ हजार ३०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर ८ लाख ३४ हजार ७७३ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म १ करोड ७० लाख ७६ हजार ५२९ जना कोरोना मुक्त भएका छन् ।

    सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म १ लाख ८४ हजार ७७८ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या ६० लाख ४६ हजार ५४ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ४५ जार ७०६ भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने १ हजार १२५ जनाले ज्यान गुमाएका छन् ।

    अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा संक्रमितको संख्या ३७ लाख ६४ हजार ४९३ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ९७० जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १ लाख १८ हजार ७२६ पुगेको छ ।

    छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६४ हजार ६९४ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा ७६ हजार ८२६ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ३३ लाख ८४ हजार ५७५ पुगेको हो ।

    नेपालमा बुधबार देशभर गरी १ हजार १११ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या ३५ हजार ५२९ पुगेको छ । अहिलेसम्म निको भएर घर फर्किनेको संख्या २० हजार ७३ पुगेको छ । उपचाररत संक्रमित संख्या १५ हजार २७३ छ । त्यसमध्ये ९ हजार ६३ संस्थागत र ६ हजार २१० जना होम आइसोलेसनमा छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १२, २०७७ शुक्रवार - ०७:३०:५४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology