शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

भारतमा दैनिक कोरोना संक्रमितको संख्यामा कमी

भारतमा दैनिक कोरोना संक्रमितको संख्यामा कमी

नागरिक पाटी

२७, आश्विन २०७७
  • 6.0K
    SHARES
  • भारतमा दैनिक कोरोना संक्रमितको संख्यामा कमी

    काठमाण्डौ । भारतमा दैनिक कोरोना संक्रमितको संख्यामा कमी आएको छ । सरकारी अधिकारीहरूले पछिल्लो समय दैनिक ६० हजारभन्दा कम मात्रै संक्रमित हुने गरेको बताएका छन् ।

    images
    images

    केही समय अगाडिसम्म दैनिक ९० हजारभन्दा बढी संक्रमित हुने गरेकोमा अहिले घटेर ६० हजारभन्दा तल पुगेको हो । भारतमा एकैदिनमा संक्रमित भएकाको संख्यामध्ये सबैभन्दा धेरै गत १७ सेप्टेम्बरमा ९७ हजार आठ सय ९४ पुगेको थियो । अहिले भारतमा कुल संक्रमितको संख्या ७१ लाख ७५ हजार आठ सय ८० भन्दा बढी पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


    पछिल्लो २४ घन्टामा भारतमा कोरोनाका कारण ५५ हजार तीन सय ४२ जना संक्रमित भएका छन् भने सात सय ६ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या एक लाख नौ हजार आठ सय ५६ पुगेको छ । भारतमा अहिले पनि संक्रमित अवस्थामा नै रहेकाहरूको कुल संख्या नौ लाखभन्दा कम भएको निरन्तर पाँच दिन भएको अधिकारीहरूले जनाएका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २७, २०७७ मंगलवार - १४:२३:३७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology