शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

भारतमा कोरोना संक्रमितको संख्या ८१ लाख ८४ हजार माथी

भारतमा कोरोना संक्रमितको संख्या ८१ लाख ८४ हजार माथी

नागरिक पाटी

१६, कार्तिक २०७७
  • 7.7K
    SHARES
  • भारतमा कोरोना संक्रमितको संख्या ८१ लाख ८४ हजार माथी

    काठमाण्डौं । भारतमा कोरोना भाइरस संक्रमितको संख्या आइतबारसम्ममा ८१ लाख ८४ हजार नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ४६ हजार नौ सय ६४ जना संक्रमित थपिएका छन् भने चार सय ७० जनाको मृत्यु भएको छ ।

    images
    images

    संक्रमितमध्ये करिब ७४ लाख ९१ हजार व्यक्ति संक्रमणमुक्त पनि भएका छन् । कोभिड– १९ संक्रमणबाट हालसम्म एक लाख २२ हजार एक सय ११ जनाको मृत्यु भएको छ । केही दिनदेखि नयाँ संक्रमित र मृत्यु दरमा निरन्तर कमी आएको छ ।

    भारतभर हाल पाँच लाख ७० हजार चार सय ५८ जना सक्रिय संक्रमित रहेका छन् । भारतको महाराष्ट्र राज्य सबैभन्दा प्रभावित राज्यको रूपमा रहेको छ । यहाँ एक लाख २४ हजार एक सय ४२ जना सक्रिय संक्रमित छन् । महाराष्ट्रमा १५ लाख १० हजार तीन सय ३५ जना भाइरसमुक्त भएका छन् भने ४३ हजार नौ सय ११ जनाको संक्रमणका कारण मृत्यु भएको छ ।

    त्यसपछि दोस्रो स्थानमा केरला रहेको छ । यहाँ ९१ हजार दुई सय ९७ जना सक्रिय संक्रमित छन् । तीन लाख ४० हजार तीन सय २४ जना कोरोनामुक्त भएका छन् । एक हजार चार सय ८४ जनाको मृत्यु भएको जनाइएको छ । तमिलनाडुमा २२ हजार एक सय ६४ जना सक्रिय संक्रिमित रहेका छन् भने नयाँदिल्लीमा ३२ हजार सात सय १९ जना सक्रिय संक्रमित छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १६, २०७७ आइतवार - १३:४१:३६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology