शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कोरोनाको नयाँ खोपले थप आशा जगायो

कोरोनाको नयाँ खोपले थप आशा जगायो

नागरिक पाटी

३, मंसिर २०७७
  • 6.2K
    SHARES
  • कोरोनाको नयाँ खोपले थप आशा जगायो

    धादिङ । अमेरिकाको बायो टेक्नोलोजी कम्पनी मोडर्नाले बनाएको खोप ‘एम आरएनए–१२७३’ को प्रभावकारिता ९४।५ प्रतिशत देखिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरू थप आशावादी देखिएका छन् ।

    images
    images

    यो खोप २ देखि ८ डिग्री सेल्सियसमा ३० दिनसम्म र कोठाको तापक्रममा २४ घण्टासम्म सुरक्षित रहन सक्ने भएकाले पनि उत्साह बढेको छ । कोभिडका लागि हालसम्म दाबी गरिएको यो सबैभन्दा प्रभावकारी खोप हो ।

    केही दिनअघि फाइजर कम्पनीले तयार गरेको खोप ९० प्रतिशत व्यक्तिमाथि सफल भएको दाबी गरिएको थियो । तर त्यसलाई माइनस ७० डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्नुपर्ने चुनौती थियो । उक्त खोप सामान्य फ्रिजमा ५ दिनसम्म मात्र सुरक्षित रहन सक्ने फाइजरले जनाएको छ । स्वास्थ्य वैज्ञानिकहरूले फाइजरको खोपको भण्डारण र ओसारपसार सहज नहुने बताएका थिए । खासगरी विपन्न मुलुकका लागि भण्डारण चुनौतीपूर्ण हुने उनीहरूको भनाइ थियो । कान्तिपुरमा खबर छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर ३, २०७७ बुधवार - ०८:४९:३९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology