शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बिश्वमा कोरोनाबाट एकै दिन १४ हजार बढीको मृत्यु, चार लाख ९९ हजारमा संक्रमण

बिश्वमा कोरोनाबाट एकै दिन १४ हजार बढीको मृत्यु, चार लाख ९९ हजारमा संक्रमण

नागरिक पाटी

२३, माघ २०७७
  • 4.2K
    SHARES
  • बिश्वमा कोरोनाबाट एकै दिन १४ हजार बढीको मृत्यु, चार लाख ९९ हजारमा संक्रमण

    एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा मात्रै १४ हजार भन्दा बढीको मृत्यु भएको छ । कोरोना संक्रमणबाट १४ हजार एक सय ३८ जनाको मृत्यु भएको छ भने चार लाख ९९ हजार चार सय ५९ जना संक्रमित थपिएका छन् ।

    images
    images

    यसरी मृत्यु तथा संक्रमित हुनेमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिकामा रहेका छन् । अमेरिकामा २४ घन्टामा एक लाख १७ हजार तीन सय नौ जना संक्रमित थपिएका छन् भने तीन हजार चार सय जनाको मृत्यु भएको छ ।


    यसैगरी मेक्सिकोमा एक हजार सात सय सात जनाको मृत्यु भएको छ भने ब्राजीलका एक हजार दुई सय ९१ जनाको मृत्यु भएको छ । सोही अवधिमा संक्रमणबाट बेलायतमा नौ सय १५ जना, जर्मनीमा छ सय ७३ जना, रुसमा पाँच सय २१, स्पेनमा चार सय ३२ जना, इटालीमा चार सय २१ जना, पोल्यान्डमा चार सय ४४ जनाको मृत्यु भएको छ ।

    यो सँगै कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या २२ लाख ९२ हजार पाँच सय आठ जनाको मृत्यु भइसकेको छ भने १० करोड ५३ लाख, ९२ हजार तीन सय १६ जना संक्रमित भइसकेका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ २३, २०७७ शुक्रवार - ०८:५८:४४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology