काठमाण्डौं । भारतमा कोरोना भाइरसको दोस्रो लहर निकै गम्भीर देखिएको छ । पछिल्लो २४ घण्टामा भारतमा २ लाखभन्दा बढी कोरोना भाइरस संक्रमित भेटिएका छन् । भारतमा पछिल्लो २४ घन्टामा २ लाख ७ सय ३९ जना कोरोना भाइरस संक्रमित भेटिएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यहीबीच यो समयमा भारतमा १ हजार ३८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा अब कोरोना भाइरस संक्रमितको सक्रिय संख्या १४ लाख ७० हजार भन्दा बढी भइसकेको छ । अनि भारतमा अहिलेसम्म कोरोनाका कारण १ लाख ७३ हजार १ सय २३ जनाले ज्यान गुमाएका छन् ।