शुक्रवार, मंसिर ४ गते २०८३

Friday, Nov 20 2026 शुक्रवार, मंसिर ४ गते २०८३

भारतमा थप २ लाख ६० हजारमा कोरोना संक्रमण पुष्टि, १४ सयको मृत्यु

भारतमा थप २ लाख ६० हजारमा कोरोना संक्रमण पुष्टि, १४ सयको मृत्यु

नागरिक पाटी

५, बैशाख २०७८
  • 7.9K
    SHARES
  • भारतमा थप २ लाख ६० हजारमा कोरोना संक्रमण पुष्टि, १४ सयको मृत्यु

    धादिङ । भारतमा दिनदिनै कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएको छ। पछिल्लो २४ घन्टामा २ लाख ६० हजार संक्रमित थपिएका छन्। कोरोनाको दोस्रो लहर चलेसँगै दैनिक थपिने संक्रमितको संख्याले नयाँ नयाँ रिकर्ड बनाउँदै गएको छ। पाँच दिनदेखि लगातार दुई लाख संक्रमित थपिदै आएको भारतमा आज २ लाख ६० हजार ७७८ संक्रमित पुष्टि भएका छन्। यो शनिबारको तुलनामा ११ प्रतिशतले बृद्ध हो।

    images

     

    योसँगै भारतमा सक्रिय संक्रमितको संख्या १८ लाख १९ पुगेको छ। त्यस्तै, कुल संक्रमितको संख्या १ करोड ४७ लाख ४२ हजार ४६१ पुगेको छ। कोरोनाको दोस्रो लहरमा मृत्यु हुनेको संख्या पनि दिनदिनै बढिरहेको छ। पछिल्लो २४ घन्टामा १ हजार ४९५ जनाले ज्यान गुमाएका छन्।

     

    गत चार दिनदेखि दैनिक १ हजारभन्दा बढीको मृत्यु हुँदै आएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ७७ हजार १६८ पुगेको छ। अझै ८ हजार ९४४ जना गम्भीर रहेका छन्।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख ५, २०७८ आइतवार - ०७:२९:५७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology