काठमाण्डौं । भारतमा दैनिक ३ लाख भन्दा बढी कोभिड १९ संक्रमित देखिने क्रम जारी छ। पछिल्लो २४ घण्टामा भारतभर ३ लाख २३ हजार १४४ जनामा संक्रमण देखिएको छ। यससँगै १ करोड ७६ लाख ३६ हजार ३०७ जनामा संक्रमण पुष्टि भएको छ। हाल भारतमा सक्रिय कोरोना संक्रमितको संख्या २८ लाख ८२ हजार २०४ पुगेको छ।
संक्रमणको ग्राफसँगै भारतमा मृत्यु दर पनि बढ्दो छ। एकैदिन थप २ हजार ७७१ जना संक्रमितको मृत्यु भएको छ। भारतमा १ लाख ९७ हजार ८९४ जनाको संक्रमणका कारण मृत्यु भइसकेको छ।