शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

भारतमा पछिल्लो २४ घण्टामा थपिए २ लाख ११ हजार संक्रमित

भारतमा पछिल्लो २४ घण्टामा थपिए २ लाख ११ हजार संक्रमित

नागरिक पाटी

१३, जेठ २०७८
  • 6.5K
    SHARES
  • भारतमा पछिल्लो २४ घण्टामा थपिए २ लाख ११ हजार संक्रमित

    काठमाण्डौं । कोरोना भाइरस महामारीको दोस्रो लहरका कारण सङ्कटमा परेको भारतमा पछिल्ला केही दिनदेखि संक्रमण दरमा कमी आएको छ । भारतमा हाल कोभिड–१९ का २४ लाख १९ हजार ९०७ व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् ।

    images
    images

    विगत २४ घण्टामा ७५ हजार ६८४ व्यक्ति कोभिडबाट संक्रमणमुक्त भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीवार जनाएको छ । भारतमा गत मे १० मा सक्रिय संक्रमितको संख्या उच्च विन्दुमा पुगेको थियो ।

    तर दैनिक मृत्यु दरमा सोचेजति कमी आएको छैन । मन्त्रालयले बिहीवार सार्वजनिक गरेको विवरणमा २४ घण्टाको अवधिमा ३ हजार ८४७ जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको उल्लेख छ । यो सहित भारतमा हालसम्म कोभिड–१९ को संक्रमणबाट ३ लाख १५ हजार २३५ जनाको ज्यान गएको छ ।

    पछिल्लो २४ घण्टामा २ लाख ११ हजार २९८ जनामा थप व्यक्तिमा कोरोना संक्रमण भएसँग देशभर हालसम्म कूल २ करोड ७३ लाख ६९ हजार व्यक्ति कोरोना संक्रमित भएका छन् ।

    साथै, भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार ३३ करोड ६९ लाख ६९ हजार भन्दा बढी नमुना परीक्षण गरिएको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार हालसम्म भारतमा कूल २० करोड २६ लाख भन्दा बढी डोज खोप लगाइएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ १३, २०७८ बिहिवार - १४:५२:३८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology