धादिङ। पछिल्लो २४ घन्टामा विश्वमा ५ लाख ४६ हजार ६५४ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। यो अवधिमा अमेरिकामा ५४ हजार, ११३, ब्राजिलमा ५४ हजार ७४८, बेलायतमा ४४ हजार १०४ र भारतमा ४१ हजार ६९७ जना संक्रमित थपिएका छन्। यस्तै इन्डोनेसियामा ३३ हजार ७७२, स्पेनमा ३० हजार ५८७, इरानमा २७ हजार ३७९,रुसमा २३ हजार ७०४ जनामा संक्रमण पुष्टि भएको छ।