शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

भारतको उत्तर प्रदेशमा रेल र बस ठोक्किंदा १८ जनाको मृत्यु

भारतको उत्तर प्रदेशमा रेल र बस ठोक्किंदा १८ जनाको मृत्यु

नागरिक पाटी

१३, श्रावण २०७८
  • 4.5K
    SHARES
  • भारतको उत्तर प्रदेशमा  रेल र बस ठोक्किंदा १८ जनाको मृत्यु

    काठमाडौं । भारतको उत्तर प्रदेश राज्यमा पर्ने बाराबंकी जिल्लामा रेलले बसलाई ठक्कर दिंदा १८ जनाको मृत्यु भएको छ । १९ जना घाइते भएका छन् ।

    images
    images

    लखनउ–अयोध्या रोडमा मंगलबार राति उक्त दुर्घटना भएको हो । भारतीय मिडियाहरुका अनुसार सडक किनारमा रोकिराखेको दुई तले बसलाई मंगलबार राति करिब १२ बजेतिर रेलले ठक्कर दिएको थियो ।

    प्रहरीका अनुसार हरियाणाको पलवल भन्ने स्थानबाट बिहार जाँदै गरेको बस बिग्रिएपछि चालकले राति करिब आठ बजेदेखि सडक किनारमा रोकेका थिए । राति करिब १२ बजेतिर पछाडिबाट रेलले बसलाई ठक्कर दिएको थियो ।

    धेरैजसोको घटनास्थलमै मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका कारण अबरुद्ध भएको सडक प्रहरीले खुलाएको छ । स्थानीय अधिकारीले दुर्घटनाको जाँच गर्न आदेश दिएका छन् ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १३, २०७८ बुधवार - ०८:०८:२५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology