काठमाण्डौं । कोरोना भाइरसको सन्त्रास सारा संसारभर व्याप्त छ । सन् २०१९ को डिसेम्बरमा चीनको वुहानबाट फैलिएको भाइरसका अनेकन भेरियन्ट देखा परेका छन् । भाइरसले रोकिने नाम लिएको छैन ।
जोन्स होप्किन्स युनिभर्सिटीका अनुसार हालसम्म विश्वभर ४३ लाख ७० हजार ४२२ जना संक्रमितले ज्यान गुमाइसकेका छन् भने २० करोड ७७ लाख ९५ हजार ३३ जनामा संक्रमण पुष्टि भइसकेको छ ।
भाइरसबाट सबैभन्दा धेरै प्रभावित मुलुक हो–अमेरिका । अमेरिकामा हालसम्म ६ लाख २२ हजार २९० जना संक्रमितले ज्यान गुमाइसकेका छन् । अमेरिकापछि ब्राजिलमा ज्यान गुमाउनेको संख्या धेरै छ । ब्राजिलमा हालसम्म ५ लाख ६९ हजार ४९२ जनाले ज्यान गुमाइसकेका छन् ।
छिमेकी मुलुक भारत संक्रमितका हिसाबले विश्वको दोस्रो र मृत्युका हिसाबले तेस्रो स्थानमा छ । भारतमा हालसम्म ४ लाख ३१ हजार ६४२ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।