बुधवार, भाद्र १० गते २०८३

Wednesday, Aug 26 2026 बुधवार, भाद्र १० गते २०८३

पाथीभरा माता दाबी गर्ने समीरलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

पाथीभरा माता दाबी गर्ने समीरलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

नागरिक पाटी

१०, भाद्र २०८३
  • 1.0K
    SHARES
  • पाथीभरा माता दाबी गर्ने समीरलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

    आफूलाई ‘पाथीभरा माता’ भनेर दाबी गर्ने सुर्खेतका समीर थापालाई जिल्ला अदालत सुर्खेतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। झारफुकका नाममा महिलामाथि अमानवीय व्यवहार तथा कुटपिट गरिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतले थापालाई पक्राउ गरेको थियो। वीरेन्द्रनगर नगरपालिका–३, एरिचोकका २४ वर्षीय थापा साउन १३ गते पक्राउ परेका थिए।

    images

    न्यायाधीश तीर्थराज भट्टको एकल इजलासले थापालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो। घटनाको भिडियो खिच्ने अर्का व्यक्तिलाई भने अदालतले ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको जिल्ला अदालत सुर्खेतका सूचना अधिकारी उज्ज्वलदेव रावलले जानकारी दिए।

    images
    images
    images
    प्रकाशित मिति :भाद्र १०, २०८३ बुधवार - ०५:३४:२३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology