धादिङ । उपभोक्ताको निरन्तर गुनासो आइरहेकोले राजमार्ग क्षेत्रमा रहेका पसलहरु अनुगमन गर्ने क्रममा मँगलबार ११ पसलको अनुगमन गरिएको छ । जसमध्ये ९ ओटाको अवस्था सामान्य भएपनि दुईओटालाई नगद जरिवाना गरिएको छ ।
अनुगमन टोलीका सँयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायका अनुसार बेनिघाट रोराङ–७, चरौंदीमा रहेको सुशिला किराना स्टोरले यस अघि नै अनुगमन टोलीले सुधारको लागि दिईसक्दा पनि अटेरी गरेको, बिल बिजक नभएको, म्याद गुज्रिएका सामग्रीहरु फेला परेको र अनुमति बिना मदिरा बिक्री गरेको पाइएकोले रु. १० हजार जरिवाना गरिएको छ ।
यस्तै बेनिघाट रोराङ ७, चरौंदीमै रहेको एम.फोर ए.टु सप्लायर्सले पनि यसअघि अनुगमन टोलीले दिएको निर्देशनको पालना नगरेको, म्याद गुज्रिएका सामग्रीहरु म्याद भएका सामग्रीसँगै मिसाई बिक्री गर्ने गरेको र अनुगमन टोलीलाई असहयोग गरेका कारण रु. ५ हजार जरिवाना गरिएको छ ।
अनुगमन टोलीले मँगलबार किराना पसलका साथै होटल तथा खाजाघरमा पनि अनुगमन गरेको थियो ।
यो पनि :