धादिङको गजुरी गाउँपालिका वडा नम्बर ५ घाटबेशीमा रहेको जलेश्वरी किराना स्टोरलाई बजार अनुगमन टोलीद्धारा २० हजार जरिवाना गरिएको छ । पसलमा २३ प्रकारका म्याद गुज्रिएका सामाग्री फेला परेको, पसलको साइनबोर्ड र मूल्यसूची नभएको भन्दै २० हजार जरिवाना गरिएको अनुगमन टोलीका सँयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले बताउनुभयो ।
सोमबार बजार अनुगमनको क्रममा सिद्धलेक गाउँपालिकाको पिपलटार र गजुरी गाउँपालिकाको घाटबेशी क्षेत्रमा अनुगमन गरिएको थियो । किराना र औषधि पसल गरी जम्मा ११ ओटा पसल अनुगमन गरिएको हो ।
धादिङमा ४२ दिन नियमित बजार अनुगमनको क्रममा सोमबार सम्म ४७५ ओटा फर्म अनुगमन गर्दा ५० ओटा (१०.५२ प्रतिशत) पसललाई नगद जरिवाना गरिएको छ ।
यो पनि :
मलेखुको स्मारिका ट्रेडर्सलाई लापरवाही गरिएको भन्दै २० हजार जरिवाना
गजुरी र धादिङबेशीको विभिन्न पसलमा अनुगमन, एक किराना पसललाई जरिवाना
धादिङमा बजार अनुगमन : ३५ ओटा पसल तथा फर्मलाई ५० हजारसम्म जरिवाना, कसलाई कति जरिवाना ?
उपभोक्ताको गुनासो पछि धादिङबेसीको लक्ष्मी बेकरी उद्योगमा अनुगमन, उद्योगलाई २० हजार जरिवाना
धादिङमा बजार अनुगमनको २७ औं दिन : लामिछाने किराना स्टोरलाई ५० हजार जरिवाना
धादिङमा बजार अनुगमन : धार्के, खानीखोला र सिम्लेको पसलबाट ठुलो सङ्ख्यामा म्याद गुज्रिएका सामान जफत
गल्छि र थाक्रे गाउँपालिकाको खाद्यान्न तथा औषधी पसलमा अनुगमन, कुन पसललाई कति जरिवाना र जफत ?