शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गजुरी र मलेखुका २ पसललाई जरिवाना

गजुरी र मलेखुका २ पसललाई जरिवाना

नागरिक पाटी

१०, आषाढ २०७८
  • 9.2K
    SHARES
  • गजुरी र मलेखुका २ पसललाई जरिवाना

    धादिङ । धादिङमा चार स्थानिय तहका किराना, खाद्य स्टोर, होटल तथा खाजाघर, चाउमिन उद्योग, कस्मेटिक पसल तथा बेकरी गरी २९ ओटा पसल तथा फर्ममा अनुगमन गरिएको छ। जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार बजार अनुगमनको क्रममा ठूलो संख्यामा म्याद गुज्रिएका सामग्री जफत गरिएको छ भने गजुरीका दुई स्थानबाट ४० लिटर घरेलु मदिरा समेत नष्ट गरिएको छ । अनुगमनको क्रममा गजुरीमा रहेको सिमोन किराना स्टोरमा १३ किसिमका म्याद गुज्रिएका सामग्री पाइएकोले ५ हजार जरिवाना गरिएको छ ।

    images
    images

    त्यस्तै मलेखुमा रहेको उमा कोल्ड स्टोरको होलसेल गोदाममा म्याद गुज्रिएका ६ कार्टुन चकलेट पाइएको, खुद्रा बिक्री भनेर होलसेल बिक्री गर्ने गरेको पाइएकोले १० हजार जरिवाना गरिएको प्रशासनले जनाएको छ ।

    गत बैशाखदेखीको अनुगमनको क्रममा जिल्लाका ५४ वटा पसललाई नगद जरिवाना गरिएको प्रशासनले जनाएको छ । उपभोक्ताको निरन्तर गुनासो पश्चात प्रशासन,घरेलु लगाएतका सम्बन्धित निकायहरुले जिल्लाका विभिन्न स्थानहरुमा गत बैशाखदेखी नियमित रुपमा बजार अनुगमन गर्दै आएको छ।

    यो पनि हेर्नुहोस्... 

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १०, २०७८ बिहिवार - ११:५०:५६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology