शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

आरुघाट स्थित न्यू राजेश किराना स्टोरलाई २० हजार जरिवाना

आरुघाट स्थित न्यू राजेश किराना स्टोरलाई २० हजार जरिवाना

नागरिक पाटी

१४, आषाढ २०७८
  • 5.5K
    SHARES
  • आरुघाट स्थित न्यू राजेश किराना स्टोरलाई २० हजार जरिवाना

    धादिङ । आरुघाट स्थित न्यू राजेश किराना स्टोरलाई २० हजार जरिवाना गरिएको छ । जिल्ला प्रशासन धादिङ र घरेलु कार्यालय धादिङबाट खटिएको अनुगमन टोलीले म्याद गुज्रिएका सामग्रीहरु भेटिएको, लापरबाही ढंगले व्यवसाय सञ्चालन गरेको पाइएकोले उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कार्वाही गरिएको जनाएको हो ।

    images
    images

    उक्त पसलबाट अनुगमन टोलीले म्याद गुज्रिएका बिस्कुटहरु (सुगर फ्रि क्रेकर, कोकोनट, डाइजेस्टिभ, कुकिज, ट्रिट, हेपी हेपी, मारी, पार्ले जी, चकलेट कुकिज), किटक्याट, मिला क्यान जुस, ओट्स, दालमोठ, चोकोरोल, ललीपप, पिनट, धनिया, एमी केक, फेन्टा, स्प्राइट, ड्यु, रंग र नेस्कफी जफत गरेको छ ।

    टोलीले अनुगमनको क्रममा दर्ता नभएका फर्महरुलाई यथाशीघ्र दर्ता गर्न, अनुमति नभएका सामग्री नबेच्न, अन्त शुल्क लिएरमात्र मदिराजन्य पदार्थ बिक्री गर्न, नियमित रुपमा म्याद गुज्रिएका सामग्रीहरु छुट्याएर राख्ने बानीको विकास गर्न सचेत गराइएको छ ।

    यस्तै टोलीले गंगाजमुना गाउँपालिकाका फूलखर्क, घंघार चोक, शुक्र भन्ज्याङ, ​सातदोबाटो लगायत विभिन्न बजार क्षेत्रहरुका किराना पसल, खाजा घर गरी दुई दर्जनभन्दा बढी फर्महरुको अनुगमन गरेको छ ।

    यो पनि हेर्नुहोस्... 

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १४, २०७८ सोमवार - १८:१५:५५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology