धादिङ । गल्छि गाउँपालिकाको क्षेत्रमा बिहिबार अनुगमन, गरिएको छ । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार गल्छी गाउँपालिकाका करिब १ दर्जन फर्म, पसलहरूमा अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा केही पसलहरूबाट म्याद गुज्रिएका सामान जफत गरिएका छन् भने नेपाल किराना स्टोर, बेल्खु, मासटारलाई म्याद गुज्रिएका सामान बिक्री गरेको, मूल्यसूची नराखेको, अनुमति नभएका सामान बिक्री गरेको पाईएकोले २० हजार नगद जरिवाना गरिएको अनुगमन टोलीका सँयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन, घरेलु कार्यालय सहितका निकायकले सँयुक्त रुपमा ४५ दिनदेखी नियमित रुपमा अनुगमन गर्दै आएका छन् ।
यो पनि हेर्नुहोस्...