शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धुनिवेशी नगरपालिकाको तिन वटा फर्म तथा पसललाई जरिवाना, यस्तो छ कारण !

धुनिवेशी नगरपालिकाको तिन वटा फर्म तथा पसललाई जरिवाना, यस्तो छ कारण !

नागरिक पाटी

१८, आषाढ २०७८
  • 13.8K
    SHARES
  • धुनिवेशी नगरपालिकाको तिन वटा फर्म तथा पसललाई जरिवाना, यस्तो छ कारण !

    धादिङ । नियमित बजार अनुगमनका क्रममा धुनिवेशी नगरपालिकाको ३ वटा फर्म तथा पसललाई कारवाही गरिएको छ । खानिखोलाको २ र धार्केको १ वटा पसललाई कारवाही गरिएको सहायक प्रमुख जिल्ला अधिकारी तथा अनुगमन टोलीका सँयोजक गोकर्ण प्रसाद उपाध्यायले बताउनुभयो ।

    images
    images

    अनुगमनका क्रममा १० किसिमका म्याद गुज्रिएका सामानहरु फेला परेका, बिक्री बिल देखाउन नमानेको, असहयोग गरेको, गोदाममा समेत अखाद्य वस्तुहरु राखिएको पाइएकोले ए.आर. इन्टरप्राइजेज खानीखोलालाई १५ हजार जरिवाना गरिएको अनुगमन टोलीका सँयोजक उपाध्यायको भनाई छ ।

    उहाँका अनुसार अनुज्ञापत्र नलिएको, सरसफाईमा पूर्ण लापरबाही गरेको, नापतौल प्रमाणित नगरी प्रयोग गरेको,उत्पादनमा लेबल नलगाएको र कोभिड १९ को स्वास्थ्य मापदण्ड पुरा नगरेको पाइएकोले मच्छिन्द्रनाथ डेरी उद्योग खानीखोलालाई १० हजार जरिवाना गरिएको छ ।

    यस्तै आवश्यक मापदण्ड पुरा नगरेको, सप्लायर्सको रूपमा दर्ता गरी डेरी संचालन गरेको, कोभिड–१९ को स्वास्थ्य तथा सुरक्षा मापदण्ड पुरा नगरेको, सरसफाईमा बेवास्ता गरेको पाईएकोले पर्याप्त सल्लाह, सुझाव र निर्देशन सहित धार्केमा रहेको आरम्भ सप्लायर्स (डेरी) लाई रू. १० हजार जरिवाना गरिएको अनुमगन टोलीले जनाएको छ ।

    अनुगमन टोलीले बुधबार र विहिबार गरेको अनुगमनका क्रममा तिन पसललाई कारवाहि गरिएको हो । धादिङमा करिव दुई महिनादेखी जिल्ला प्रशासन, घरेलु कार्यालय लगायतको सहकार्यमा निरन्तर रुपमा अनुगमन भैरहेको छ ।

    यो पनि हेर्नुहोस्... 

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १८, २०७८ शुक्रवार - १७:३२:०६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology