काठमाण्डौँ । नियमित बजार अनुगमनको क्रममा धादिङबेशीमा रहेका डेरीहरुको अनुगमन गरिएको छ । यसअघिको अनुगनमा प्राप्त निर्देशनको पालना नगरेको, सरसफाईमा अत्यधिक लापरबाही गरेको, कोभिड १९ को स्वास्थ्य तथा सुरक्षा मापदण्डहरु पालना नगरेको, उद्योगमा अपनाउनु पर्ने सावधानी, सतर्कता नअपनाएको र आवश्यक पूर्वाधारहरु समेत नबनाएको पाइएकोले विभिन्न ३ वटा डेरीहरुलाई जरिवाना गरिएको अनुगमन टोलीका सँयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले बताउनुभयो ।
उहाँका अनुसार पशुपति दुग्ध उत्पादक डेरी, सिरानबजारलाई १० हजार, एन के डेरी, बीच बजारलाई १५ हजार र धादिङ डेरी सेन्टर, पुछार बजारलाई रू १५ हजार नगद जरिवाना गरिएको छ । उल्लेखित डेरीहरुलाई आगामी दिनमा सुधारको लागि सल्लाह, सुझाव समेत दिइएको छ ।
यो पनि हेर्नुहोस्...